विश्व स्वास्थ्य संगठनका अनुसार एउटा पूर्ण रुपले स्वस्थ व्यक्ति शारिरीक मानसिक सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु पर्छ । खाली कुनै पनि रोग लागेको छैन भन्दैमा मात्र कसैलाई पूर्ण रुपमा स्वस्थ मान्न सकिंदैन । तसर्थ, पूर्ण रुपमा स्वस्थ हुनका लागि कुनै पनि व्यक्ति मानसिक रुपमा समेत स्वस्थ हुन आवश्यक छ ।
मानसिक रुपमा स्वस्थ हन भनेको के हो ?
सामान्यतया मानसिक रुपमा स्वस्थ भन्ने बित्तिकै हामीले मानसिक रोग नलागेको अवस्था भन्ने बुझछौं । त्यसैगरी मानसिक रुपले स्वस्थ व्यक्ति भन्नाले हामीले मानसिक रोग नलागेको व्यक्ति भन्ने सोंच्छौं । तर मानसिक रुपमा स्वस्थ भन्नाले यति मात्र बुझिंदैन ।
मानसिक रुपले स्वस्थ व्यक्तिले:
- उपलब्धिमूलक तथा उत्पादनमूलक काम गर्न सक्छ ।
- आफ्ना दायित्व के के हन् भनी राम्ररी बझ्दछ ।
- जीवनमा आईपर्ने तनावपूर्ण परिस्थितिहरु स“ग सकारात्मक रुपले जुध्न सक्छ ।
- आपूm र आफ्नो परिवार तथा समाजका लागि केही सकारात्मक देन दिन सक्छ ।
- आफ्नो भविष्य तथा जिन्दगीका बारेमा सही सोंच बनाउन सक्छ ।
- गतिला सामाजिक सम्बन्धहरु ब्नाउन सक्छ ।
- कुन करा सही हो र कुन गलत हो भन्ने ठम्याउन सक्छ र सही निर्णय लिन सक्छ ।
तसर्थ मानसिक स्वास्थ्यको स्तरवृद्घि भन्नाले कुनै पनि व्यक्ति वा समाजकै मानसिक स्वास्थ्य स्थितिलाई सकारात्मक दिशातिर अग्रसर गराई उच्चतम बिन्दुमा पुर्याउने हेतुले गरिएको कुनै पनि गतिविधिलाई जनाउ“दछ ।
त्यसैले मानसिक स्वास्थ्यको स्तरवृद्घि भन्ने कुरा मानसिक रोग भन्दा पनि सकारात्मक मानसिक स्वास्थ्य स¤ग सम्बन्धित छ ।
मानसिक स्वास्थ्यको स्तरवृृद्घिका लागि के के गर्न सकिन्छ
-मानसिक स्वास्थ्यको स्तरवृद्घिका लागि प्रचलित ऐन कानूनमा आवश्यक संशोधन र सुधार गर्ने ।
-समुदायको सहभागिता रहने गरी मानसिक स्वास्थ्यको स्तरवृद्घि सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञचालन गर्ने ।
-मानसिक स्वास्थ्यको स्तरवृृद्घिका क्षेत्रमा कार्य गर्ने संस्थाको स्थापना र विकासमा टेवा पुरयाउने ।
-मानसिक स्वास्थ्यका दृष्टिले खतरापूर्ण अवस्थामा रहेका विशेष जनसमूह (जस्तै — बालबालिका, महिला, वृद्घ, उत्पीडित र पिछडिएका वर्ग) का लागि सुहाउ“दो मानसिक स्वास्थ्यको अभिवृद्घिका कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्ने ।
-उत्पीडित र पिछडिएका वर्गलाई सामाजिक मूलधारमा समाहित गर्न सक्दो प्रयास गर्ने ।
-कुनै पनि प्रकारका सामाजिक व्यक्तिगत भेदभाव, मानसिक प्रताडना तथा हिंसा प्रतिहिंसालाई निरुत्साहित गर्ने ।
-आर्थिक सामाजिक स्तरोन्नतिका स्रोत (जस्तै जागिर, उत्पादनमूलक कार्य, शिक्षा, वासस्थान आदि) मा सबैको बराबर पहु“च हुने स्थिति सिर्जना गर्ने ।
-मानसिक स्वास्थ्यलाई हानि पदार्थहरुको प्रचारप्रसार तथा प्रयोगलाई नियन्त्रित गर्ने ।
विशेष जनसमूहका लागि यस्ता मानसिक स्वास्थ्यको स्तरवृद्घिका कार्यक्रमहरु फरक फरक प्रकृतिका हुन सक्छन् । जस्तै —
बालबालिकाका लागि मानसिक स्वास्थ्यको अभिवृृद्घिका कार्यक्रमहरु —
-आमा र बच्चाको बीचको अन्तरसम्बन्ध अभिवृद्घि गर्ने किसिमका तालिम कार्यक्रम ।
-स्कूले बालबालिकाका लागि मानसिक स्वास्थ्यको अभिवृद्घि गराउने सीपमूलक तालिम ।
-बाल सहयोगी स्कूल ९ऋजष्मि ँचष्भलमथि क्अजयय०ि को स्थापना ।
-यसैगरी अन्य विशेष जनसमूहका लागि पनि यस्ता मानसिक स्वास्थ्यको स्तरवृद्घिका भिन्न कार्यक्रमहरु सञचालन गर्न सकिन्छ ।
मानसिक स्वास्थ्यको अभिवृृद्घिका कार्यक्रमहरुको सकारात्मक परिणाम ÷ फाईदा
व्यक्तिगत फाईदा
- समुदायगत र समूहगत क्रियाकलापमा संलग्न हुने क्रममा वृद्घि ।
- आत्मविश्वास र आत्मसम्मानमा वृद्घि ।
- आर्थिक सामाजिक स्तरोन्नतिका स्रोतमा पहु“च ।
- आत्मनिर्णय गर्ने क्षमतामा वृद्घि ।
- मानसिक स्वास्थ्यका बारेमा राम्रो जानकारी ।
स्वास्थ्य स्थितिमा प्रभाव
- मानसिक रोगको व्यापकता तथा शुरुवातमा कमी ।
- जीवनको गुणस्तरमा अभिवृद्घि ।
- बालबालिका, महिला तथा अन्य विशेष जनसमूहको शारिरीक मानसिक स्वास्थ्यमा प्रगति ।
- प्रतिकल परिस्थिति घटनाक्रमको सकारात्मक रुपले सामना गर्ने क्षमतामा वृद्घि ।
सामाजिक प्रभाव
- सामाजिक सीप, पारस्परिक सहयोग तथबा आपसी समझदारीमा विकास ।
- बालबालिकाको पढाईको स्तरमा वृद्घि ।
- लागू पदार्थको दुव्र्यसन तथा बाल्यकालका व्यवहारिक समस्यामा कमी ।
- मानसिक रोग सम्बन्धी गलत अवधारणामा कमी ।
- मानसिक रोगीहरु प्रतिको धारणामा सकारात्मक परिवर्तन ।
आर्थिक प्रभाव
- व्यक्ति ÷ समाजको आर्थिक उत्पादन क्षमतामा वृद्घि ।
- मानसिक रोगको उपचार अवधि र खर्चमा कमी ।
- काममा नियमितता ।