मानसिक स्वास्थ्यको स्तरवृद्घि(Promotion of Mental Health)
विश्व स्वास्थ्य संगठनका अनुसार एउटा पूर्ण रुपले स्वस्थ व्यक्ति शारिरीक मानसिक सामाजिक तथा आध्यात्मिक रुपमा स्वस्थ हुनु पर्छ । खाली कुनै पनि रोग लागेको छैन भन्दैमा मात्र कसैलाई पूर्ण रुपमा स्वस्थ मान्न सकिंदैन । तसर्थ, पूर्ण रुपमा स्वस्थ हुनका लागि कुनै पनि व्यक्ति मानसिक रुपमा समेत स्वस्थ हुन आवश्यक छ । मानसिक रुपमा स्वस्थ हन…