जीवनमा हामीले विभिन्न प्रकारका समस्या र परिस्थितिहरुको सामना गर्नपर्ने हुन्छ । यस्तो हुंदा विभिन्न प्रकारका चिन्ता, दोधार अथवा डर उत्पन्न गर्ने खालका विचार हाम्रो दिमागमा आउन सक्छन् । यो सामान्य प्रक्रिया पनि हो । तर यस्तै किसिमका विचार, कारण बिना नै, असामान्य र अनावश्यक रुपमा बारम्बार हाम्रो मस्तिष्कमा आउन थाल्यो भने यसैले मानसिक रोगको रुप लिन्छ । अब्सेसिभ कम्पल्सिभ डिसअर्डरयस्तै प्रकारका अनावश्यक विचार दोहोरिने एक प्रकारको मानसिक रोग हो ।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरका लक्षणहरु

१. असामान्य र अनावश्यक रुपमा एकै प्रकारको विचार अथवा कुनै कुरा गर्ने तीव्र इच्छा बारम्बार दिमागमा दोहोरिइरहने ।
२. आफूले सोंच्न नचाहंदा नचाहंदै समेत यस्ता विचार दिमागमा आपसेआप आउने ।
३. यी विचार आफ्नै मस्तिष्कका उपज हन्, तर एकदमै बेकारका विचार हन् भन्ने कुरा पीडित व्यक्तिलाई थाहा हने ।
४. यस्ता विचारलाई दिमागबाट हटाउन निकै प्रयास गर्दा समेत नहट्ने ।
५. यी विचारले गर्दा अत्यधिक तनाव र डरको अनुभूूति हुने

यस्ता प्रकारका विचारलाई अब्सेसन भनिन्छ । जस्तै — घरबाहिर हिंड्दा आफूले मूलढोका लगाईयो कि लगाइएन भन्ने दोधारे विचार जो कोहीको दिमागमा पनि आउन सक्छ । यसो भएपछि, चित्त बुझाउनकै लागि भए पनि सो व्यक्तिले एक पटकसम्म फर्केर गई ढोका लगाएको वा नलाएको भन्ने कुरा हेर्न समेत सक्छ । तर आफूले ढोका लगाएको हो भन्ने थाहा हुंदा हुंदै पनि लगाए वा लगाइंन भन्ने दोधारे विचार लगातार दिमागमा आउन थालेको खण्डमा, यस्तो विचारलाई अब्सेसन भन्न सकिन्छ ।

यस्ता प्रकारका विचारले तनाव, डर वा त्रास उत्पन्न गराउन सक्छ । जस्तै ढोका लगाए वा लगाइंन भन्ने दोधारे विचारपछि ढोका खुल्लै छोडेको खण्डमा चोरी पो हने हो कि भन्ने विचार आउन सक्छ । यसले गर्दा बारम्बार गएर नहेरुन्जेल पीडित व्यक्तिको चित्त नबुझ्न सक्छ । घरीघरी यस्तै गतिविधि दोहोरिंदाखेरि अनावश्यक रुपमा समय खेर गएर आफूले गर्नुपर्ने काम भने पूरा नहुन सक्छ । अब्सेसनका कारणले हुने डर त्रास वा तनाव कम गर्न गरिने गतिविधि वा क्रियाकलापलाई कम्पल्सन भनिन्छ ।

धेरैजसो देखिने अब्सेसिभ विचारहरु:

  •  फोहोर वा किटाणुको संक्रमणको डर
  •  कुनै पनि काम गरे वा गरिनं भन्ने दोधार
  •  अश्लील क्रियाकलाप सम्बन्धी विचार
  •  अरुलाई हानि पुर्याउ कि भन्ने विचार

धेरैजसो देखिने कम्पल्सिभ व्यवहारहरु

  •  हात धोइराख्ने
  •  सरसफाई गर्ने
  •  गन्ती गन्ने
  •  दोधारे विचार

यो समस्याका का कारण पीडित व्यक्तिको दैनिक जीवन तथा सामाजिक जिम्मेवारी वहन गर्ने प्रक्रियामा समेत निकै नकारात्मक असर परेको हुन्छ ।

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरका कारणहरु

  • मष्तिष्कमा विभिन्न प्रकारका रसायनका मात्रामा गडबडी
  • मनोवज्ञानिक कारण
  • वंशानुगत कारण

अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको शंका लागेमा के गर्ने

  • उपचारको लागि मनोचिकित्सककोमा सम्पर्क राख्ने
  • अब्सेसिभ कम्पल्सिभ डिसअर्डरको उपचारका लागि मुख्य रुपमा औषधिहरुको प्रयोग गरिन्छ ।
  • आवश्यक परेका अवस्थामा मनोवैज्ञानिक उपचार विधि समेत अपनाईन्छ ।

यो रोग विशेष गरी ६० वर्ष भन्दा कम उमेरमा नै शुरु हन्छ । उपचार नगरेको खण्डमा यो समस्या रही नै रहन्छ ।

 

Leave Comment

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

clear formSubmit