कुनै पनि डरलाग्दो वस्तु अथवा परिस्थितिको सामना गर्नुपर्दा हामीले तनाव र त्रासको अनुभव गर्छौं । यो मानसिक डरका साथमा केही शारीरिक लक्षणहरु समेत हामीले महसूस गर्न सक्छौं — जस्तै मुुटुको धड्कन बढ्ने, मुख सुक्ने, हात ÷ जीउ काम्ने, सास फेर्न असजिलो हुने आदि । डर लाग्दो परिस्थितिमा यस्तो अनुभव हनु स्वाभाविक प्रतिक्रिया नै हो ।

तर यदि यो डर असामान्य रुपमा, वास्तविकता भन्दा निकै नै बढी हुन्छ भने यसलाई हामी मानसिक समस्याको रुपमा लिन्छौं । यस्तो किसिमको मानसिक समस्यालाई हामी फोबिया भन्छौं । सामान्यरुपमा भन्नुपर्दा फोबिया भन्नाले कनै विशेष वस्तु वा परिस्थितिको सामना गर्नु पर्दा अथवा यसबारेमा सोंच्दा मात्रैमा पनि अत्यधिक र अस्वाभाविक रुपमा डरको अनुभव हुने अवस्था भन्ने बुझिन्छ ।

फोबियाका लक्षणहरु

१. कुनै विशेष वस्तु वा परिस्थितिको सामना गर्दा अथवा तिनका बारेमा सोंंच्दा अत्यधिक र अनावश्यक किसिमको डरको स¤धैनै अनुभूति हुन्छ ।

२. यस्तो समस्याबाट पीडित व्यक्तिले, सकेसम्म त्यस्ता डर उत्पन्न गराउने विशेष वस्तु अथवा परिस्थितिबाट टाढै बस्ने अथवा भाग्ने कोशिश गर्छ ।

३. यो डर अत्यधिक र अनावश्यक हो भन्ने कुरा पीडित व्यक्तिले राम्ररी बुझेको हुन्छ । तर पनि कोशिशका बावजूद सो डरबाट मुक्ति पाउन सक्दैन ।

४. यो डरका कारण पीडित व्यक्तिको दैनिक जीवन तथा सामाजिक जिम्मेवारी वहन गर्ने प्रक्रियामा समेत निकै नकारात्मक असर परेको हुन्छ ।

फोबियाका प्रकारहरु

सोशियल फोबिया

सोशियल फोबियाबाट पीडित व्यक्तिले कनै पनि किसिमको सामाजिक परिस्थिति अथवा समूहगत क्रियाकलापमा अत्यधिक र अनावश्यक डरको अनुभव गर्छ । सामाजिक गतिविधि — नया“ मान्छेलाई भेट्ने नया“ टाउ“मा जाने भोजभत्तेरमा जाने समूहको अगाडि बोल्ने आदि जस्ता क्रियाकलापमा संलग्न हु“दा अथवा यस बारेमा सोंच्दा अत्यधिक र अनावश्यक किसिमको डरको अनुभूति हुन्छ । सामाजिक परिस्थितिमा अरुले आफूलाई नकारात्मक दृष्टिकाणले हेर्ने पो हो कि अथवा यस्तो परिस्थितिमा आफूले केही गल्ती पो गरिहाल्छु कि भन्ने भावनाबाट पीडित व्यक्ति सधै चिन्तित हुन्छ । उ सकेसम्म सामाजिक गतिविधिबाट टाढै बस्न रुचाउ“छ ।

स्पेसिफिक फोबिया

स्पेसिफिक फोबिया भन्नाले कुनै विशेष वस्तु वा परिस्थितिको सामना गर्नु पर्दा अथवा यसबारेमा सोंच्दा हुने अत्यधिक र अस्वाभाविक डरको अनुभव भन्ने बुझिन्छ । जस्तै — जनावरको डर, रगत इन्जेक्शनको डर, अग्लो ठाउ“को डर आदि ।

अगोराफोबिया

कुनै पनि ठाउ“, जहा आफूलाई केही भई हालेको खण्डमा कुनै पनि प्रकारको सहयोग उपलब्ध हुन सम्भव छैन अथवा त्यस्तो अवस्थामा त्यहा“बाट भागेर कुनै सुरक्षित ठाउ“मा जान समेत सम्भव छैन, त्यस किसिमको ठाउ“का बारेमा अत्यधिक र अस्वाभाविक डर लागिरहने तथा त्यस्तो ठाउ“मा सकेसम्म नजाने अवस्थालाई अगोराफोबिया भनिन्छ । अगोराफोबियाबाट पीडित व्यक्ति सके सम्म खुला ठाउ“, सार्वजनिक स्थलहरुमा अथवा यस्तै विभिन्न ठाउ“ वा परिस्थितिमा जान चाह“दैन । एक्लै यस्तो परिस्थितिमा हु“दा आफूलाई केही भइहाल्यो भने के होला भन्ने डरका कारण यस्तो व्यक्तिले विभिन्न किसिमका काम गर्न सकिराखेको हु“दैन ।

-जस्तै — पसल, भीडभाड अथवा सार्वजनिक स्थलमा जाने ।
-बस, हवाईजहाज तथा सार्वजनिक यातायतका साधनमा एक्लै यात्रा गर्ने ।
-सिनेमा हल, रेष्टुरेण्ट आदिमा जाने –जहा“बाट बाहिर निस्कन त्यति सजिलो नहुन सक्छ)
-झ्याल ढोका बन्द भएको कोठामा एक्लै बस्ने ।

यस्ता प्रकारका ठाउ“ वा परिस्थितिको सामना गर्दा अथवा तिनका बारेमा सोंंच्दा समेत पीडित व्यक्तिले अत्यधिक र अस्वाभाविक डरको अनुभव गर्छ ।

फोबियाका कारणहरु —

  • मनोवैज्ञानिक कारण
  • वंशानुगत कारण

फोबियाको शंका लागेमा के गर्ने

-उपचारको लागि मनोचिकित्सककोमा सम्पर्क राख्ने
-फोबियाको उपचारका लागि मुख्य रुपमा मनोवैज्ञानिक उपचार विधि अपनाईन्छ ।
-आवश्यक परेको खण्डमा साथमा केही डर ÷ तनाव कम गर्ने औषधिहरुको प्रयोग समेत गरिन्छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

clear formSubmit