बाइपोलार मूड डिसअर्डरका बारेमा केही थाहा पाउनका लागि यो जानकारी हेर्नुहोस् ः—

यसभित्र ः—

१. बाइपोलार मूड डिसअर्डर भनेको के हो ?

२. बाइपोलार मूड डिसअर्डर हनुका कारणहरु के के हुुन् ?

३. बाइपोलार मूड डिसअर्डरको लक्षणहरु के के हुुन् ?

४. के बाइपोलार मूड डिसअर्डरको उपचार सम्भव छ ?

५. के बालबालिकाहरुलाई समेत बाइपोलार मूड डिसअर्डर हुुन सक्छ ?

६. तपाईंका नजीकका मानिसलाई बाइपोलार मूड डिसअर्डर भएमा कसरी सहयोग गर्ने ?

१. बाइपोलार मूड डिसअर्डर भनेको के हो ?

बाइपोलार मूड डिसअर्डर एक प्रकारको मनोरोग हो ।

यो रोग लागेका मानिसको अनुभूति ÷ मनस्थिति एकदमै असामान्य रुपमा परिवर्तित हुन्छ ।

यस्ता रोगीहरुलाई कहिलेकाहींं कारण बिनानै अत्यन्त असामान्य प्रकारको खुशीको अनुभव हुन सक्छ । यस्तो अवस्थामा उसलाई एकदमै बढी जोश, जाँँगर तथा शक्ति भएको अनुभव हुन सक्छ । कहिलेकाहींं भने उसले अत्यन्तै बढी नैराश्यताको अनुभव हुन सक्छ ।

यस्तो प्रकारको असामान्य अनुभूति तथा मनस्थिति एकै समयमा नभई फरक फरक समयमा केही अवधिको लागि रहने गर्छ ।

यस्ता असामान्य अवस्थाहरु बीचको अवधिमा बाइपोलार मूड डिसअर्डरबाट पीडित व्यक्तिहरु सामान्य व्यक्ति जस्तै हुन्छन् । यस्तो सामान्य अवस्थामा यस्ता व्यक्तिहरुले आफ्नो सम्पूर्ण कार्यहरु राम्ररी गर्न सक्छन् । जागिर खाने तथा आफ्नो व्यवसाय गर्नुका साथै पारिवारिक जीवन समेत सामान्य रुपमा बिताउन सक्छन् ।

असामान्य अनुभूति तथा मनस्थिति भएको अवस्थाहरु बीचको सामान्य अवधि निकै नै छोटो भएको खण्डमा, यस्तो व्यक्तिहरुको पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा ठूलै समस्या उत्पन्न हुन सक्छ ।

बाइपोलार मूड डिसअर्डरबाट पीडित व्यक्तिहरुले कहिलेकाही जाँड ÷ रक्सी तथा अन्य नशालु पदार्थको सेवन गर्न शुरु गर्न सक्छन् । यस्ता व्यक्तिहरुलाई बेला बेलामा आत्महत्या गर्ने अथवा अरुलाई हानि पु¥याउने सोंच समेत आउन सक्छ ।

२. बाइपोलार मूड डिसअर्डर हनुका कारणहरु के के हुुन् ?

बाइपोलार मूड डिसअर्डर हनुको कारण यही नै हो भनेर ठ्याक्कै भन्न सकिने अवस्था अहिले सम्म छैन ।

तर पनि वंशाणुगत कारण, स्नायु तथा मष्तिष्कमा हुने रासायनिक पदार्थहरु (न्यूरोकेमिकल्स) को गडबडी, हर्मोनको गडबडी तथा बस्ने वातावरणको प्रभावका कारणले गर्दा यस्तो रोग लाग्न सक्छ ।

३. बाइपोलार मूड डिसअर्डरको लक्षणहरु के के हुुन् ?

यो रोगबाट पीडित व्यक्तिहरुको मनस्थिति बेला बेलामा असामान्य हुने गर्छ ।

यो असामान्य अवस्था दिन, हप्ता वा केही महिनासम्म रहन सक्छ ।

यस्तो असामान्य अवस्थामा पीडित व्यक्तिले असामान्य प्रकारको अनुभूति गर्छ ।

कहिलेकाहींं यस्तो अवस्थामा पीडित व्यक्तिले असामान्य रुपमा खुशीको अनुभव गर्न सक्छ । कारण बिनानै उसले अत्यन्तै रमाइलो अनुभव गर्छ । यो असामान्य अवस्थालाई ेउन्माद (मेनिया) भनिन्छ ।

यसैगरी पीडित व्यक्तिले कहिलेकाहींंं मेनियाको भन्दा ठ्याक्कै उल्टो प्रकारको अनुभूति महसूस गर्न सक्छ । उसको मन कारण बिनानै एकदमै बढी उदास हुन्छ । यो अवस्थालाई डिप्रेशन (उदासीपना) भनिन्छ ।

बाइपोलार मूड डिसअर्डरबाट पीडित व्यक्तिहरु केही समयसम्म मेनियाको अवस्थामा रहेर फेरि डिप्रेशनको अवस्थामा जान सक्छन् ।

एकपटक मेनिया अथवा डिप्रेशनको अवस्था आएर हटिसकेपछि, व्यक्ति फेरि सामान्य अवस्थामा फर्कन्छ । अर्कोपटक फेरि मेनिया ÷ डिप्रेशन हुनु अघि सम्म उ सामान्य व्यक्तिझैं रहन्छ ।

पहिले पहिले बाइपोलार मूड डिसअर्डरलाई मेनिक डिप्रेसिभ साइकोसिस पनि भनिन्थ्यो ।

मेनियाको अवस्था हँुदाका लक्षणहरु ः—

 अत्यन्तै बढी रिसाउने तथा झर्किने ।

 धेरैनै चाँडचाँडो बोल्ने । यसरी बोलेको कुरा अरुलाई बुझ्न समेत गाह्रो हुन्छ ।

 निन्द्राको आवश्यकता नहुने । थोरै निदाए पनि पुग्ने हुन्छ ।

 ध्यान केन्द्रित गर्न गाह्रो हुने ।

 एकदमै बढी आशावादी हुन थाल्ने । अरुभन्दा आफू एकदमै ठूलो व्यक्ति भएको अथवा निकै महत्वपूर्ण भएको महसूस गर्ने ।

 हुनै नसक्ने खालका ठूला ठूला योजनाहरु बनाउने । शेखी गर्ने । सामान्य भन्दा बढी कामहरु गर्न कोशिश गर्ने ।

 अचम्मलाग्दो, रङ्गीचङ्गी लुगा लगाउने ।

 नचाहिंदो किसिमले पैसा जथाभावी खर्च गर्ने ।

 असामान्य किसिमका यौन व्यवहार गर्ने तथा असुरक्षित यौन सम्पर्क समेत गर्ने ।

 चुरोट, सुर्ती, जाँड, रक्सी तथा अन्य नशालु पदार्थको प्रयोग गर्ने ।

 सामाजिक परिस्थितिको होश नपु¥याई नचाहिंदो काम गर्ने ः— जस्तै, जहाँ मन लाग्यो त्यहीं नाच्ने, गाउने, आफूले मान्नुपर्ने मानिसलाई होच्याएर बोल्ने, काम अह्राउने ।

डिप्रेशनको अवस्था हँुदाका लक्षणहरु ः—

 अत्यन्त उदास तथा पूर्ण रुपमा निराश हुने ।

 एकदमै छटपट महसूस गर्ने ÷ झर्किने ।

 आत्महत्याको सोंच आउने ÷ आत्महत्याको कोशिश समेत गर्ने ।

 निन्द्रा बिग्रिने ÷ सामान्य अवस्थामा भन्दा निकै चाँडो बिउँझिने ।

 अनावश्यक रुपमा आफूले निकैनै ठूलो गल्ती गरें भन्ने महसूस गर्ने । आफ्नो कुनै मूल्य नै नभएको अनुभव गर्ने ।

 खाना नरुच्ने ÷ भोक नलाग्ने ।

 एकदमै थाकेको अनुभव गर्ने ।

 ध्यान केन्द्रित गर्न गाह्रो हुने ।

 शरीरका विभिन्न भाग दुख्ने ।

 पाचनप्रणालीमा गडबडी आउने — विशेषगरी कब्जियत हुने ।

 छिट्टैनै रोइहाल्ने ÷ कारण बिनानै तौल घट्दै अथवा बढ्दै जाने ।

 आफूले नियमित रुपमा गर्दै आएको कुनै पनि रमाइला गतिविधिहरुप्रतिको इच्छा हराउँदै जाने ÷ रमाइलोको अनुभूति नहुने ।

 यौन इच्छामा समेत कमी आउने ।

४. के बाइपोलार मूड डिसअर्डरको उपचार सम्भव छ ?

अवश्य सम्भव छ । समयमै उचित परामर्श तथबा उपचार गरेमा यो रोगको राम्ररीनै समाधान गर्न सम्भव छ ।

यदि तपाईंका नजीकका मानिसहरुमा माथि उल्लेख गरिएका मध्ये कुनै पनि लक्षणहरु देखिएको जस्तो लागेमा तुरुन्तै मनोचिकित्सकसँग सम्पर्क गर्नुहोस् ।

धेरैजसो बिरामीलाई औषधिका साथै मनोवैज्ञानिक उपचार तथा परामर्श समेत आवश्यक पर्छ ।

५. के बालबालिकाहरुलाई समेत बाइपोलार मूड डिसअर्डर हुुन सक्छ ?

सक्छ । बालबालिकाहरुलाई समेत यो समस्या हुुन सक्छ ।

बालबालिकालाई यस्तो भएमा उनीहरुको व्यवहारमा निम्न प्रकारका परिवर्तनहरु देखिन सक्छ ः—

 एक्कासि असामान्य प्रकारले हा“स्ने, अथवा केही समय असामान्य रुपमा खुशी हुने, अनि कहिलेकाही केही समयका लागि असामान्य रुपमा दःुखी पनि हुने ।

 टी. भी. सिनेमामा “सुपरम्यान” वा “स्पाइडरम्यान”ले गर्ने जस्ता खतरनाक कियाकलाप वा कलाबाजी समेत आफैंले गरेर देखाउन सक्छु भन्ने विश्वास गर्ने ।

 निकै कम समय मात्र सुत्ने । यसरी कम सुतेपनि भोलिपल्ट पटक्कै थाकेको महसूस नगर्ने ।

 असामान्य र अमिल्दो यौन व्यवहार देखाउने ।

 आत्महत्या अथवा आफूलाई हानि पु¥याउने कुरा गर्ने ।

६. तपाईंका नजीकका मानिसलाई बाइपोलार मूड डिसअर्डर भएमा कसरी सहयोग गर्ने ?

मेनिया अथवा डिप्रेशन भएको बेलामा तपाईका नजीकका व्यक्तिले देखाउने असामान्य व्यवहारले गर्दा तपाईको वैवाहिक जीवन, आपसी अन्तरसम्बन्ध तथा पारिवारिक जीवनमा समेत ठूलै समस्या आउन सक्छ ।

यस्तो समस्याको सही रुपमा सामना गर्नका लागि मनबोवैज्ञानिक, मनोसामाजिक कार्यकर्ता तथा मनोचिकित्सकीय नर्स आदि स“ग उचित परामर्श लिनु पर्छ ।

नजीकका मानिसलाई यस्तो समस्या भएमा, आफ्ना बालबालिकालाई समेत तपाईंले विशेष ध्यान दिनु पर्छ साथै सही प्रकारले सम्झाउनु पर्छ । उनीहरुस“ग समस्याको बारेमा आवश्यक कुराकानी गर्नुपर्छ साथै उनीहरुको जिज्ञासाको सक्दो समाधान गर्नुपर्छ ।

यो समस्यालाई परिवारकै लागि एउटा ठलो कलङ्कका रुपमा लिन हुन्न । यो पनि अरु रोग जस्तै एउटा रोग हो भनेर बुझ्नु पर्दछ ।

मेनिया अथवा डिप्रेशनको अवस्थाको शुरुआतका लक्षणहरुको बारेमा जानकारी हासिल गर्नका साथै यस्तो लक्षण देखिएमा अपनाउन पर्ने रोकथामका उपायहरुका बारेमा समेत जान्नु पर्छ ।

जा“ड, रक्सी तथा अन्य नशालु पदार्थको प्रयोग समेत भइरहेको छ भने यस्तो प्रयोगको समाधान कसरी गर्ने भनेर सम्बन्धित विषेशज्ञहरुस“ग उचित सरसल्लाह लिनुपर्छ ।

बिरामीले नियमित रुपमा सुत्ने, खाने तथा कसरत गर्ने गरेको वा नगरेको कुराको ख्याल गर्नुपर्छ तथा यस्ता क्रियाकलापलाई नियमित बनाउन कोशिश गर्नुपर्छ ।

मानसिक शान्तिका लागि गरिने “ध्यान” जस्ता गतिविधिलाई प्रोत्साहित गर्नुपर्छ ।

Leave Comment

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

clear formSubmit